विदेशी ब्राण्डको नाममा नक्कली मदिरा बिक्री, ३ जना पक्राउ

फाइल तस्बिर

१५ माघ, काठमाडौं । काठमाडौंमा स्वदेशी र विदेशी ब्राण्डका मदिराको नाममा नक्कली मदिरा बिक्री हुने गरेको खुलेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयले नक्क्ली मदिरा उत्पादन र बिक्रीमा संलग्नको आरोपमा ३ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले ललितपुरको कुपण्डोलको नेक्स्ट टेस्ट लिक्विर नामक मदिरा पसलका सञ्चालक दोलखाका निरज उप्रेती, गोंगबुको मित्रनगरको एसटी लिक्विर स्टोरका सञ्चालक स्याङ्जाका धर्मी पौडेल र सिन्धुली घर भई ललितपुरको टिकाथली बस्ने गणेशबहादुर रानामगरलाई पक्राउ गरेको हो ।

frontline

पक्राउ परेकाहरुलाई आइतबार सार्वजनिक गरिएको छ । पत्रकार सम्मेलनमा कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक डा. मनोज केसीले कारखानाबाट नक्कली मदिरा र मदिरा बनाउन प्रयोग गर्ने केमिकल, विभिन्न स्वदेशी तथा विदेशी ब्राण्डका मदिराहरूको खालि बोतल, राजश्व अन्तर शुल्कको प्रयोग गरिएका स्टिकर तथा लेवलिङ एवं प्याकेजिङ गर्ने मेसिन लगायत अन्य विभिन्न सामग्रीहरू बरामद गरेको छ ।

प्रहरीले नक्कली गोल्डेन वाक ६ बोतल, ८८४८ भोड्का ४८ बोतल, मुगलान ४२० बोतल, २०२० एफल ३० बोतल, खुकुरी राम ९२ बोतल रस्लान भोड्का १३२ बोतल बरामद गरेको पनि बताए । उनले डबल ब्ल्याक, रेड लेबलसहितका विभिन्न बोतलहरु पनि बरामद गरेको पनि जानकारी दिए ।

१३ माघमा प्रहरीले ललितपुरको कुपण्डोलस्थित नेक्स्ट टेस्ट लिक्विर स्टोरमा खानतलासी गरेको थियो । त्यहाँबाट प्रहरीले खुकुरी रम नामक रक्सीको नक्कली उत्पादन गरेको पाएको थियो । त्यसपछि प्रहरीले टीकाथलीमा नक्कली मदिरा उत्पादन भइरहेको जानकारी पाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here