विजयपुरमा ट्याक्टरले किचेर बालकको मृत्यु

१३ माघ, रौतहट । रौतहटको फतुवा विजयपुरमा ट्याक्टरले किचेर एक बालकको ज्यान गएको छ । 

फतुवा बिजयपुर ९ बडहरवा टोलमा आज बिहान पौने १० बजे अन टेस्ट नम्बरको सोनालिका ट्याक्टरले किचेर स्थानीय सनोज यादवका ४ वर्षीय छोरा यश यादवको मृत्यु भएको हो ।

frontline

स्थानीय मनोज यादवले चलाएर लगेको ट्याक्टर बडहरवा गाउँमा रोकिएर राखेको ठाउँमा ब्रेक फेल भई गुड्दा बालकको मृत्यु भएको प्रहरीको भनाई छ ।  

सडकमा खेलिरहेका बालकलाई पछाडिको चक्काले किच्दा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय  लक्षमियाका प्रमुख इन्स्पेक्टर बिष्णु विश्वकर्माले जानकारी दिए ।

घटनालगत्तै चालक मनोज यादव फरार भएको विश्वकर्माले बताए। मृतक बालकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गौर पठाइएको छ ।

फरार चालकको खोजी भैरहेको र घटनाबारे थप अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय लक्षमिनियाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here