‘विकास र न्यायको लागि जनमतको विकल्प छैन

मेवालाल यादव,

१४ माघ, काठमाडौं । खानेपानी तथा सरसफाइ मन्त्री अब्दुल खानले शिक्षा, स्वास्थ्य, सामाजिक न्याय र रोजगारीका लागि जनमत पार्टीको कुनै विकल्प नरहेको बताएका छन् ।

frontline

डा.सीके राउत नेतृत्वको जनमत पार्टीका उपाध्यक्षसमेत रहेका खानेपानी मन्त्री खानले लोकतन्त्र, गणतन्त्र तथा संविधानको रक्षा जनमत पार्टीले मात्र गर्नसक्ने बताउँदै सामाजिक न्याय, समाजवाद र अग्रगामी परिवर्तनका लागि आफ्नो पार्टी अगाडि बढेको बताए।

रौतहटको गरुडा र राजपुर नगरपालिका–४ राजपुरमा जनमत पार्टीले आयोजना गरेको शुभकामना आदान प्रदान तथा भेटघाट कार्यक्रममा उनले नेपाली कांग्रेस र कम्युनिष्ट पार्टीहरुलाई जनताले पटक पटक जिताएर सत्तामा पुरयाए पनि उनीहरुले जनताको लागि केही गर्न नसकेको बताए ।

कांग्रेस र कम्युनिष्टहरुलाई जनताले पटक पटक अवसर दिए पनि उनीहरुले जनताको समस्या समाधान गर्न नसक्नु दुर्भाग्य रहेको बताउँदै उनले जनताको हरेक समस्या समाधान गर्नका लागि जनमत पार्टी सरकारमा सहभागी भएको बताए ।

देशमा विद्यमान समस्याको रुपमा रहेको महंगी र भ्रष्टाचार नियन्त्रण, सुशासन कायम, न्याय, शिक्षा, स्वास्थ्य, बेरोजगारी लगायतका समस्या जनमत पार्टी बाहेक अरु कसैले गर्न नसक्ने दाबी गर्दै उनले देशको हरेक समस्या आफनो पार्टीले मात्र समाधान गर्नसक्ने भएकोले देश बनाउन कसैको प्रलोभनमा नपरी निर्धक्क भएर जनमत पार्टीमा लाग्न आम जनतालाई आग्रह गरे ।

आफ्नो पार्टी पहिलो पटक सरकारमा सहभागी भइ जनतालाई प्रत्यक्ष लाभ हुने खालका नयाँ नयाँ योजना ल्याउन लागेको बताउँदै मन्त्री खानले प्रत्येक घरमा स्वच्छ खानेपानी उपलब्ध गराउन खानेपानी मन्त्रालयले चाडैं एक घर एक धाराको योजना ल्याउन लागेको बताए ।

अबको दुई वर्ष भित्रमा नेपाललाई नै साक्षर घोषणा गर्ने लक्ष्यका साथ आफूले काम सुरु गरेको बताउँदै उनले एक वर्ष भित्र खानेपानीसंग सम्बन्धित धेरै समस्या समाधान गर्ने प्रतिबद्धता जनाए ।

जनमत पार्टीबाट पहिलो पटक मन्त्री बनेका खान खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हालेर रौतहट आएपछि जनमतका नेता कार्यकर्ताहरु निकै उत्साहका साथ कार्यक्रम आयोजना गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here