वालुवाटार जग्गा प्रकरण : सुवेदी दम्पती पक्राउ

७ पुस, काठमाडौं । वालुवाटार जग्गा प्रकरणमा सम्बद्ध दुई बिचौलिय पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले वालुवाटार उनीहरुलाई गएराति स्वयम्भूबाट पक्राउ गरेको बताइएको छ ।

पक्राउ पर्नेमा रामकुमार सुवेदी र उनकी पत्नी माधवी सुवेदी रहेको प्रहरीले जनाएको छ । उनीहरु दुवैलाई यसअघि नै भूमाफिया भनी किटान गरिएको थियो ।

frontline

प्रहरीको अनुन्धानले सुवेदी दम्पतिले वालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना गरेको खुलेको निष्कर्ष निकालेको थियो ।

तत्कालीन भोगाधिकारी सुवर्णशम्शेर परिवार नातेदारसँग मिलेर उनीहरुले उक्त सरकारी जग्गा हत्याउन सुवेदी दम्पतिले बिचौलियाको भूमिका खेलेको प्रहरीको निश्कर्ष छ ।

वालुवाटारको जग्गा हिनामिना भएको पुष्टि भएपछि सुवेदी दम्पति फरार थिए । अख्तियार अनुसन्धान आयोगले पनि उनीहरुबिरुद्ध २०७६ सालमै मुद्धा दायर गरेको थियो ।

पक्राउ परेका सुवेदी दम्पति हाल सीआईबीको नियन्त्रणमा रहेका छन्

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here