वाग्मतीमा डेङ्गी संक्रमितको संख्या ४२ हजार बढी पुग्यो

१९ मंसिर, काठमाडौं । लामखुट्टेको टोकाइबाट हुने डेङ्गी सङ्क्रमणबाट वाग्मती प्रदेशमा हालसम्म बिरामीको सङ्ख्या ४२ हजार सात पुगेको छ । 

वाग्मती प्रदेशमा साउनको दोस्रो हप्तादेखि आजसम्ममा डेङ्गीबाट सङ्क्रमितको सङ्ख्या ४२ हजार सात पुगेको वाग्मती प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

frontline

डेङ्गीबाट प्रभावित भएको प्रदेशका जिल्लामा सबैभन्दा बढी काठमाडौँ र सबैभन्दा कम रसुवा जिल्ला रहेको छ । काठमाडौँ जिल्लामा ११ हजार एक सय २७ डेङ्गीका बिरामी फेला परेका छन् । रसुवा जिल्लामा ११ मा मात्र डेङ्गीका सङ्क्रमित फेला परेको निर्देशनालयले जनाएको छ । 

डेङ्गीको सङ्क्रमणबाट ललितपुरमा नौ हजार छ सय तीन, मकवानपुरमा पाँच हजार आठ सय २२, भक्तपुरमा एक हजार एक सय २४, चितवनमा तीन हजार एक सय ५९, धादिङमा एक हजार छ सय ४५, काभ्रेमा  पाँच सय ३६, रामेछापमा दुई सय ३४, सिन्धुपाल्चोकमा दुई सय नौ, नुवाकोटमा, दुई सय ७३, सिन्धुलीमा एक सय ७० र दोलखा जिल्लामा एक सय चार जना बिरामी भएको सो निर्देशनालयबाट प्राप्त विवरणमा जनाइएको छ ।

त्यसैगरी प्रदेशमा हालसम्म डेङ्गी सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या  २३ पुगेको बताइएको छ । काठमाडौँका सात, सिन्धुली र रामेछापका तीन/तीन, ललितपुर, काभ्रे, मकवानपुर र चितवनका दुई/दुई र धादिङका एक/एक जनाको मृत्यु भएको छ ।   रासस

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here