वर्षासँगै जलमग्न बन्यो नारायणहिटी उत्तरढोका, तस्बिरहरू

काठमाडौँ । मंगलबार राजधानी काठमाडौँमा वर्षा भइरहेको छ । वर्षासँगै नारायणहिटी दरबारको उत्तर ढोका क्षेत्र जलमग्न बनेको छ ।

यसरी सडक जलमग्न बन्ने राजधानीको रोग पुरानै हो । ढलको उचित निकास नहुँदा वर्षा हुने बित्तिकै राजधानीका सडकहरू जलमग्न बन्ने गरेका छन् ।





हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बङ्गालको खाडी र अरब सागर बाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ।

जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।


प्रतिक्रिया दिनुहोस्