वर्ल्डलिङ्कको खस्कदो गुणस्तर

पछिल्लो समय वर्ल्डलिङ्कको खस्कदो गुणस्तरका कारण प्रयोगकर्ताले निकै सास्ती खेप्नु परीरहेको छ 

काठमाडौँ  । गएको शुक्रबार दिउँसो करिव २ बजे विष्णु पोखरेल कार्यालयको अनलाइन बैठकमा थिए । दर्शन खनाल घरमै बसेर आफ्नो कार्यालयको काम गरिरहेका थिए । किशोर गर्तौला अनलाइन सेमिनारमा सहभागी थिए, सुनिल वाइवाको अनलाइन कक्षा चलिरहेको थियो।

यी चारै जना इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्कका ग्राहक हुन् । शुक्रबार दिउँसो अचानक इन्टरनेट चल्न छाडेपछी उनीहरुले गरिरहेको गतिविधी रोकीयो । केहिबेर त उनीहरुले इन्टरनेट चल्ने आशामा कुरी बसे ।

frontline

१० । १५ मिनटसम्म पनि नेट नचलेपछी उनीहरुले वर्ल्डलिङ्कको कार्यालयमा सम्पर्क गर्न खोजे । तर, वर्ल्डलिङ्कमा सम्पर्क नै हुन सकेन । १५–२० पटक फोन गरेँ होला,’ वर्ल्डलिङ्कका ग्राहक दर्शन खनाल भन्छन्, ‘एक पटक सम्पर्क हुन सकेन् ।’

वर्ल्डलिङ्कका अर्का ग्राहक विष्णु पोख्रेल पनि उही गुनासो गर्छन् । म भारतमा केन्द्रिय कार्यालय भएको मल्टिनेशनल कम्पनीमा काम गर्छु। शुक्रबार मिटिङ चलिरहेको थियो । नेट गएपछी मेरो बैठक नै अधुरो रह्यो । उनले भने, मसँग भएको २ वटा नम्बरमा पालैपालो बारम्बार फोन गरिरहे तर एकपटक पनि लागेन ।’

इन्टरनेट सेवा अवरुद्द भएकै थियो । वर्ल्डलिङ्कको कार्यालयले उपलव्ध गराएको सम्पर्क नम्बरमा फोन समेत नलाग्दा उपभोक्तालाई अझ सकस भएको थियो । वर्ल्डलिङ्कको नेट यस्तै हो,’ किशोर गर्तौला भन्छन्, ‘नेट गएपछी फोन पनि लाग्दैन् मैले धेरै पटक याद गरेको छु।’

त्यसदिन कुनै पुर्व सुचनाबिना इन्टरनेट सेवा अवरुद्द भयो । समस्या के थियो भन्ने प्रयोगकर्ताहरुले अहिलेसम्म जानकारी पाएका छैनन् ।

कोरोना महामारी शुरु भएपछी इन्टरनेटको महत्व र खपत दुबै बढेको छ । अधिकांश कार्यालयहरु ‘वर्क फ्रम होम’ बाट सञ्चालन भइरहेका छन् । प्रायः सबै शिक्षण संस्थाहरुले अनलाईन कक्षा सञ्चालन गरिरहेका छन् । अनलाइन व्यापारहरुको संख्या बढेको छ ।

महामारीका कारण भौतिक रुपमा कार्यालय, कक्षा, व्यापारलगायत सहज रुपमा सञ्चालन गराउन नसकिने भएपछी एकमात्र विकल्प डिजिटल माध्यम नै बनेको छ । र, डिजिटल माध्यमहरुको लागि इन्टरनेट अपरिहार्य छ ।

आफुँलाई मुलुककै अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी दावी गर्ने वर्ल्डलिङ्कका प्रयोगकर्ता पनि नेपालमा धेरै छन् । तर, पछिल्लो समय वर्ल्डलिङ्कको खस्कदो गुणस्तरका कारण प्रयोगकर्ताले निकै सास्ती खेप्नु परीरहेको छ ।

वर्ल्डलिङ्कबिरुद्द सामाजिक सञ्जालहरुमा समेत प्रयोगकर्ताहरुले असन्तुष्टि पोखिरहेका छन्। प्रयोगकर्ताहरुको आक्रोश यतिसम्म बढेको छ की काठमाडौं कोटेश्वर क्षेत्रका ग्राहकहरु हुल बाँधेरै वर्ल्डलिङ्कको कार्यालयमा पुगे बिरोध गर्न ।

प्रयोगकर्ताहरु यतिसम्म आक्रोशित बनेका थिए की उनीहरुलाई साम्य बनाउन प्रहरी नै आउनुपरेको थियो । आक्रोशित प्रयोगकर्ताहरुको भिडलाई प्रहरीले सम्झाई–बुझाई नियन्त्रण गरेको थियो ।

वर्ल्डलिङ्कका अनुसार महामारीको समयमा सिमित कर्मचारीहरु उपलव्ध भएका कारण प्रयोगकर्ताहरुलाई सेवा दिनको लागि केहि समस्या भइरहेको हो । ‘अहिले सिमित मान्छेमात्र उपलव्ध छौँ,’ वल्र्डलिङ्कका उज्जवल अर्याल भन्छन्, ‘समस्या देखिएपछी एकै पटक धेरै फोन आउने हुँदा समस्या भएको हो ।’

अर्यालले विद्युतमा समस्या आउँदा पनि सेवा अवरुद्द हुने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here