वरिष्ठ पत्रकार चालिसेको निधन

 समाचार सारांश

  • वरिष्ठ पत्रकार तथा साहित्यकार विजय चालिसेको ७४ वर्षको उमेरमा निधन भएको छ।
  • गोरखापत्र संस्थानका पूर्वकार्यकारी अध्यक्ष चालिसेको जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा उपचारको क्रममा निधन भयो।
  • उनको अन्त्येष्टि शुक्रबार गोकर्णमा गरिनेछ, उनी आमसञ्चार र पत्रकारिता पुस्तकका लेखक पनि हुन्।

काठमाडौँ । वरिष्ठ पत्रकार तथा साहित्यकार विजय चालिसेको निधन शुक्रबार निधन भएको छ । गोरखापत्र संस्थानका पूर्वकार्यकारी अध्यक्ष तथा गोरखापत्र दैनिकका पूर्वप्रधान सम्पादकसमेत रहेका चालिसेको ७४ वर्षको उमेरमा निधन भएको हो । 

frontline

जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा उपचारको क्रममा उनको निधन भएको पारिवारिक श्रोतले जनाएको छ । उनी केही समयदेखि बिरामी भएर उपचाररत रहेका थिए ।

चालिसेको शुक्रबार नै गोकर्णमा अन्त्येष्टि गरिने बताइएको छ ।  आमसञ्चार तथा पत्रकारिताको अध्यापन समेत गर्दै आएका चालिसेका आमसञ्चार र  पत्रकारिता सम्बन्धी र साहित्यिक पुस्तकहरू प्रकाशित छन् ।

विजय चालिसे

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here