वरिष्ठ पत्रकार चन्दको निधन

कञ्चनपुर, २१ असोज (रासस) : सुदूरपश्चिम क्षेत्रको पत्रकारिता क्षेत्रका धरोहर तथा वरिष्ठ पत्रकार रामबहादुर चन्दको आज ९५ वर्षको उमेरमा निधन भएको छ । काठमाडौँस्थित छोरीको घरमा उहाँको निधन भएको हो ।

प्रगतिशील विचारका चन्द सुदूरपश्चिम क्षेत्रमा पत्रकारिता क्षेत्रका अग्रणी व्यक्तित्वका रूपमा रहनुभएको थियो । उहाँ पञ्चायतकालमा महेन्द्रनगरबाट विसं २०२६ मा महाकाली सन्देश पाक्षिक पत्रिकाबाट पत्रकारिता क्षेत्रमा लाग्नुभएको थियो ।

frontline

विसं २०३३ मा उहाँले वार्ता साप्ताहिक पत्रिका सञ्चालन गर्नुभएको थियो । वार्ता साप्ताहिक एमाले प्रचार विभागले सञ्चालन गरेपछि उहाँले विसं २०४९ मा जनवार्ता अर्धसाप्ताहिक पत्रिका सञ्चालन गर्नुभएको थियो ।

बहुआयामिक व्यक्तित्वका धनी चन्द पत्रकार महासङ्घ कञ्चनपुरका संस्थापक सभापतिसमेत रहनुभएको थियो । पत्रकारिता पेशालाई मुख्य पेशा बनाएका चन्दले विसं २०४६ को आन्दोलनपछि पनि महेन्द्रनगरबाट चुरे टाइम्स दैनिक सञ्चालन गर्नुभएको थियो ।

उहाँले विसं २०५६ देखि करिब आठ वर्ष चुरे दैनिक पत्रिका प्रकाशित गर्नुभएको थियो । विसं २०६२÷०६३ को जनआन्दोलनपछि उहाँ काठमाडौँस्थित छोरीको घरमा बस्दै आउनुभएको थियो ।

चन्दका श्रीमती र दुई छोरी छन् । बैतडी जिल्लाको सिगास गाउँपालिकामा जन्मिनुभएका चन्द लामो समयदेखि बिरामी रहँदै आउनुभएको थियो । चन्द जनपक्षीय पत्रकारका रूपमा सुदूरपश्चिम क्षेत्रमा परिचित रहनुभएको थियो । –––

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here