वरिष्ठ आयुर्वेद विशेषज्ञ डा. ऋषिराम कोइरालाको निधन

मंगलबार, काठमाडौं ।  नेपाल आयुर्वेद चिकित्सक संघका पूर्वअध्यक्ष एवम् वरिष्ठ आयुर्वेद विशेषज्ञ चिकित्सक ऋषिराम कोइरालाको निधन भएको छ ।

लामो समयदेखि मुटुको समस्या झेल्दै आएका ६२ वर्षीय कोइरालाको हृदयाघातका कारण आज दिँउसो १ बजे ह्याम्स अस्पतालमा उपचारका क्रममा निधन भएका हो । 

frontline

उनलाई दुई हप्तापहिले हृदयाघात भएर उपचारका लागि ह्याम्स अस्पताल लगिएको थियो । 

विसं २०१५ भदौ २५ मा साबिक पुरानकोट गाविस–३ हाल बेँसीसहर नगरपालिका–४ मा जन्मेका कोइराला काठमाडौँको धापासीस्थित आयुर्वेद हेल्थ होम प्रालिका सञ्चालक समेत थिए ।

हाल काठमाडौँको धापासीमा बस्दै आएका स्व कोइरालाका श्रीमती, दुई छोरा र एक नाति छन् । उनका दुवै छोरा पनि चिकित्सक हुन् ।

उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवारजनले बताएको छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here