वन प्राविधिक सङ्घको अध्यक्षमा प्रजातान्त्रिक समूहका कर्ण निर्वाचित

नेपाल वन प्राविधिक सङ्घको अध्यक्षमा राकेश कर्ण निर्वाचित भएका छन्। शनिबार भएको मतदानमा कर्णले एक हजार दुई सय ६१ मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम् प्रतिस्पर्धी विजयराज पौडेलले आठ सय ६८ मत प्राप्त गरे।
कर्ण प्रजाान्त्रिक वन प्राविधिक सङ्घ, मधेसका लागि वन र नेपाल राष्ट्रिय वन प्राविधिक सञ्जालका तर्फबाट उम्मेदवार हुन्। त्यस्तै पौडेल प्रगतिशील वन प्राविधिक सङ्घ र मधेसका वनको तर्फबाट उम्मेदवार बनेका थिए ।




प्रगतिशील समूहबाट उपाध्यक्षमा सुजित कुमार झा र महिला सदस्यमा राधिका सूवेदी मात्र विजयी भएका छन्। महासचिवमा प्रजातान्त्रिक समूहमा प्यानलका गोविन्द प्रसाद दाहाल, महिला महासचिवमा सुनिता उलक, महिला सचिव श्रृजना श्रेष्ठ, सचिव सदिप छत्कुली, कोषाध्यक्षमा सुजिताकुमारी राउत निर्वाचित भएका छन्। यसैगरी सदस्यहरुमा शुभाष चन्द« शर्मा, प्रकाश राज भट्ट, निरज बाकु भट्ट, प्रशासन सापकोटा र महिला तर्फ पुष्पाकुमार िमिश्रा, सृजना श्रेष्ठ र राधिका शर्मा विजयी भएका छन्।
वनको संरक्षण, व्यवस्थापन र अध्ययनकर्ताको साझा पेसागत सङ्गठनका रुपमा रहेको सङ्घमा अध्यक्ष, उपाध्यक्ष,महासचिव,सचिव,कोषाध्यक्ष र सदस्य गरी १४ सदस्यीय समितिका लागि निर्वाचन भएको थियो। अध्यक्षका दुवै उम्मेदवार प्यानलसहित निर्वाचनमा होमिएका थिए।
सङ्घको कार्यकाल तीनवर्ष रहेको छ। कुल तीन हजार एक सय ६७ मतदातामध्ये दुई हजार दुई सय सय मत खसेको निर्वाचन समितिका संयोजक अरुण शर्मा पौडेलले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस्