वनमा लागेको डढेलो निभाउने क्रममा एकको मृत्यु

२४ फागुन, म्याग्दी । मालिका गाउँपालिका, ५ देवीस्थानको भिरखर्क सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा स्थानीय २६ वर्षीय मनबहादुर बोहराको घटनास्थलमा मृत्यु भएको छ ।

जिल्ला प्रहरीका अनुसार वन डढेलोमा परी भाइ २१ वर्षीय मनबहादुर बोहोरा गम्भीर घाइते छन् ।

frontline

घाइतेको दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा प्राथमिक उपचारपछि पोखरास्थित बी एन्ड बी अस्पताल रिफर गरिएको छ ।

बोहोराको थप उपचारका लागि मालिका गाउँपालिका मुकाम रहेको दरवाङ बजारवासी, जनप्रतिनिधि, संघसंस्था, गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट सहयोग जुटाइएको मालिका गाउँपालिका उपाध्यक्ष खरमाया बिटालुले बताइन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here