वडा सदस्यको निधन

बैतडी, २३ असोज (रासस) ः आज एक जनप्रतिनिधिको निधन भएको छ । मेलौली नगरपालिका–१ का महिला वडा सदस्य द्रोपदी चन्दको उपचारका क्रममा निधन भएको हो ।

मुटुसम्बन्धी समस्या भएकी ५५ वर्षीया उहाँको आज महेन्द्रनगरमा निधन भएको नगरपालिकाका प्रवक्ता सुरत नेगीले बताउनुभयो ।

frontline

केही दिनदेखि बिरामी हुनुभएकी चन्द उपचारका लागि त्यहाँ जानुभएको थियो । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा कांग्रेसकातर्फबाट उहाँ सदस्यमा निर्वाचित हुनुभएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here