लोसपा सच्चिएर आएमा पार्टी एकताको लागि तयार छौं : उपेन्द्र यादव

२५ जेठ, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सच्चिएर आएमा पार्टी एकताको लागि तयार रहेको बताएका छन् ।

बुधवार जनकपुरधाममा पत्रकार सम्मेलनमा बोल्दै अध्क्षय यदवले फुटेर नभई जुटेर चुनावमा जानका लागि समेत लोसपालाई सुझाए ।

frontline

यादवले पाँच दलीय गठबन्धनमा सहभागी भएमा लोसपालाई स्वागत गर्ने पनि बताएका छन् ।

उनले भने, ‘एक हातले ताली बज्दैन, दुबै हातले बज्छ, हामी खुल्ला छौं, स्वागत गर्न तयार छौं ।’ उनले हिजोको गल्ती सच्याउँदै अगाडि बढ्नुपर्ने अहिलेको आवश्यक्ता रहेको बताए ।

मधेशको मत बाँडिएपछि मधेशलाई नोक्सान हुने गरेको बताउँदै उनले अहिले फुटेर नभई जुटेर अघि बढ्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here