लुम्बिनी प्रदेशसभाको अधिवेशन पुस १८ देखि

१४ पुस, काठमाडौं । लुम्बिनी प्रदेशसभाको अधिवेशन पुस १८ गतेदेखि सुरु हुने भएको छ ।

लुम्बिनी प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन पुस १८ गतेदेखि सुरु हुने भएको हो ।

frontline

संविधानको धारा १८३ को उपधारा १ बमोजिम पुस १८ गते दिउँसो १ बजेका लागि प्रदेशसभा अधिवेशन प्रदेश प्रमुख अमिक शेरचनले आह्वान गर्नुभएको प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।

यसअघि अस्थायी मुकाम बुटवलमा बस्दै आएको अधिवेशन यसपटक लुम्बिनी प्रदेशको राजधानी दाङको देउखुरीमा नवनिर्मित प्रदेशसभा भवनमा बस्ने बताइएको छ ।

प्रदेशसभा सदस्यहरुको शपथ भने पुस १७ गते हुँदैछ । लुम्बिनीमा प्रदेशसभा सदस्यहरूलाई प्रदेश प्रमुख शेरचनले शपथ गराउनुहुने छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here