लुम्बिनीका तीन विधेयक प्रमाणीकरण

रुपन्देही, २२ असोज (रासस) : लुम्बिनी प्रदेशका तीन विधेयक आज प्रमाणीकरण भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले आर्थिक वर्ष २०७८/७९को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक र प्रदेश नं ५ प्रदेश पदक ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गर्नुभएको हो ।

गत बुधबार प्रदेशसभाबाट पारित भएका विधेयक नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रमाणीकरण भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । –––

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here