लिफ्टमा फसेर मुम्बईमा शिक्षिकाको मृत्यु

२ असोज, काठमाडौं । विद्यालयको लिफ्टमा फसेर भारतको मुम्बईमा एक शिक्षिकाको मृत्यु भएको छ । उत्तरी मुम्बइस्थित सेन्ट म्यारीज इंगलिस हाइ स्कुलक २६ वर्षीय शिक्षिकाको  मृत्यु भएको हो । 

प्रहरीका अनुसार जेनेल फर्नान्डिस दिउँसो करिब १ बजे दोस्रो तलामा स्टाफ रुममा जान छैठौं तलामा पर्खिरहेका थिइन । लिफ्टमा छिर्नेबित्तिकै उनको ढोका बन्द भएको थियो । ‘उनी लिफ्टमा छिर्दा ढोका बन्द भयो र लिफ्ट चल्न थाल्यो, र उनी अड्किइन’,  प्रहरी उपआयुक्त विशाल ठाकुरले भने।

frontline

विद्यालयका कर्मचारीले उनलाई मद्दत गर्न पुगेका थिए । उनलाई गम्भीर अवस्थामा लिफ्टबाट बाहिर निकालिएको थियो । उनलाई अस्पताल पु¥याउने वित्तिकै चिकित्सकहरूले मृत घोषित गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here