लिपुलेकमा भारतले गरिरहेको सडक निर्माण रोक्न राप्रपाको माग

१ माघ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले लिपुलेक र कालापानी क्षेत्रमा भारतले एकतर्फी रुपमा गरिरहेको सडक निर्माण रोक्न माग गरेको छ ।

महामन्त्री भुवन पाठकले शनिबार विज्ञप्ति जारी गरी नेपाली भूमि कालापानी र लिपुलेकमा भइरहेको अतिक्रमण र हस्तक्षेपका विरुद्ध नेपाल सरकारले प्रतिवाद गर्नुपर्ने बताएका हुन् ।

frontline

‘तर, भारतले सार्वजनिक रुपमा सडक निर्माण गरिरहेको अभिव्यक्ति दिइरहँदा नेपाल सरकार र सत्तारूढ गठबन्धनको पनि आश्चर्यजनक मौनता दु:खद र रहस्यमय छ’ उनले भनेका छन् ।

लिपुलेक कालापानी क्षेत्रमा सडक निर्माण गरिरहेको भनी केही दिनअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिएको अभिव्यक्ति गम्भीर, आपत्तिजनक र नेपाली सार्वभौमिकताको विरुद्धमा भएको भन्दै राप्रपाले कुटनीतिक र राजनीतिक तहमा संवाद गरी सडक निर्माण रोक्न माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here