लायरबर्ड : बच्चाजस्तै रुने अनौठो चरा

अष्ट्रेलिया ।  घना जंगलको बीचमा बच्चा रोएको आवाज सुनियो भने कस्तो प्रतिक्रिया होला ? तर, यस्तो आवाज निकालेर चरा पनि कराउँछ । अष्ट्रेलियाकाो सिड्नीस्थित तारोङगा चिडियाखानामा एउटा यस्तै चरा राखिएको छ । जसले बच्चा रोएको आवाज निकाल्दै कराउँछ । यसको नाम लायरबर्ड हो । मानिसको नक्कल गर्ने भएकाले यसलाई नक्कल गर्ने चरा पनि भनिन्छ । 

अष्ट्रेलियाको तारोङ्गा चिडियाखानाले लायरबर्डको एउटा भिडियो ट्विटरमा सेयर गरेको छ । अष्ट्रेलियाको म्युजियमका अनुसार लायरबर्ड नक्कल गर्न खप्पिस हुन्छन् । यसले वरिपरिका रुख काट्ने मेसिन, कारको इन्जिन, जनावरहरूका आवाजको पनि नक्कल गर्छन् । 

frontline

चिडियाखानाको प्रशासनले जानकारी दिएअनुसार कहिले काँही लायरबर्डले निकालेको आवाज सुनेर चिडियाखानाका कर्मचारीहरु डराउँछन् । नेशनल आउडुबान सोसाइटीका अनुसार पोथी लायरबर्ड प्रजननका लागि आवाज निकाल्छन् ।

पोथी लायरबर्ड भालेसँग सम्बन्ध बनाउन लागि विभिन्न प्रकारका आवाज निकाल्ने गर्छ । यो चराको प्रजनन जुनदेखि अगस्ट महिनामा हुने गर्छ । 

कोर्नेल युनिभर्सिटीका अनुसन्धानकर्ताका अनुसार यी चराहरूले खतराको महसुस गरेपछि समूहमा हुने पन्छीहरूको आवाज निकाल्छन् । आफूलाई सुरक्षित गराउन वरिपरि पनि अरु चराहरु भएको संकेत गर्न उनीहरु समूहमा बस्ने पन्छीको आवाज निकाल्ने गर्छन् । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here