लागू औषध सहित २ जना पक्राउ

श्रोत : ईन्टरनेट

झापा । झापाको छुट्टा छुट्टै स्थानमा लागू औषध सहित २ जना पक्राउ परेका छन् ।

प्रहरीले सिन्धुपाल्चोक मेलम्ची ६ का २७ बर्षीय प्रशान्त बिक्रम थापा र झापा गाँउपालिका २ का ३२ बर्षीय बिशाल मडिलाई पक्राउ गरेको हो ।

frontline

झापा बाह्रदशी गाँउपालिका २ जनता बजारमा ईलाका प्रहरी कार्यालय राजगढबाट खटिएको प्रहरी टोलीले चेकजांच गर्ने क्रममा भारतबाट नेपाल तर्फ आउदै गरेको मे८प १६४ नम्बरको मोटरसाईकलमा सवार सिन्धुपाल्चोक मेलम्चीका थापाको साथबाट लागूऔषध ब्राउन सुगर १६ ग्राम ५३० मिलिग्राम फेला परेको थियो ।

उनलाई मोटरसाईकल सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यसै गरीे झापा गाँउपालिका २ मा ईलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलिले सोही स्थानका ३२ बर्षीय बिशाल मडिलाई पनि लागूऔषध ब्राउन सुगर ७ ग्राम ३०० मिलि ग्राम सहित पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय झापाले जाएको छ ।

पक्राउ परेका दुबै जनामाथि थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

poster-here