लागुऔषधसहित १४ जना पक्राउ
काठमाडौं : देशका विभिन्न स्थानबाट लागुऔषधसहित १४ जनालाई प्रहरीले पक्राउ पक्राउ गरेको छ। मकवानपुर,ललितपुर,कञ्चनपुर,सुनसरी, उदयपुर, झापा र तनहुँबाट १४ जना पक्राउ परेका हुन्।
प्रहरीका अनुसार मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङबाट लागुऔषध ट्रामाडोलसहित चितवनको राप्ती नगरपालिका–१ का ३२ वर्षीय गोविन्द तामाङ र मकवानपुरको मनहरी गाउँपालिका–३ लामिटारका २४ वर्षीय सफल विक्रम राणा पक्राउ परेका छन्।
त्यसैगरी, ललितपुर महानगरपालिका–१८ वाइवाई चोकबाट ट्रामाडोलसहित धादिङको नीलकण्ठ नगरपालिका–५ घर भई ललितपुरको चुनिखेल बस्ने २२ वर्षीय नवीन आले मगरसहित दुई जना पक्राउ परेका छन्। उदयपुरको बेलका नगरपालिका–८ कोठुबाट नाइट्राजेपामसहित सोही नगरपालिका–४ प्रगति टोलका २१ वर्षीय सरोज बर्देवा पक्राउ परेका छन्।






प्रतिक्रिया दिनुहोस्