लहानस्थित इप्रकाको एक थुनुवा फरार
जनकपुरधाम । सिरहाको लहानस्थित इलाका प्रहरी कार्यालयको थुनामा रहेका एक जना थुनुवा फरार भएका छन् ।
लागूऔषध मुद्दामा गत जेठ २० गते पक्राउ परी थुनामा रहेका नवराजपुर गाउँपालिका-१ निवासी पशुपति यादव शनिबार बिहान २ बजेतिर फरार भएका हुन् ।
उनी हिरासत कक्षको ग्रील काटेर फरार भएको सिराहा प्रहरीका प्रवक्ता सुवास बुढाथोकीले बताए ।
‘हिरासत कक्षको झ्यालको ग्रील काटेर ३४ वर्षीय यादव फरार भएका छन्’ बुढाथोकीले भने ।
फरार भएका थुनुवा यादवको खोजी भइरहेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस्