ललितपुर महानगरपालिकामा चिरीबाबु महर्जनको अग्रता कायम

फाइल तस्बिर

३ जेठ, ललितपुर । ललितपुर महानगरपालिकाको प्रमुख (मेयर) पदमा नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जनको अग्रता कायम रहेको छ । पछिल्लो प्राप्त मतगणनाअनुसार ७९२० मत प्राप्त गरेका छन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका हरिकृष्ण ब्यञ्जनकारले ३४७६ मत पाएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका अष्टबहादुर महर्जनले ५२२ मत पाएका छन् ।

frontline

यस्तै, उपमेयरतर्फ एमालेकी मन्जली शाक्य बज्राचार्यको अग्रता कायमै रहेको छ । उनको ४०४५ मत हुँदा उनका प्रतिस्पर्धी बाबुराजा बज्राचार्य (नकेपा माओवादी केन्द्र) ले २५१७ मत र स्वर्णिमा शाक्य (राष्ट्रिय प्रजातन्त्र पार्टी) ले ९२ मत पाएकी छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here