ललितपुर महानगरपालिकाको १ मा स्वतन्त्र उम्मेदवार निर्मल तन्डुकार निर्वाचित

श्रोत : ईन्टरनेट

१ जेठ, काठमाडौं । ललितपुर महानगरपालिकाको वडा नम्बर १ मा स्वतन्त्र उम्मेदवार निर्मल तन्डुकार निर्वाचित भएका छन् । उनले ६६१ मत ल्याएर निर्वाचित भएका हुन् ।

आइतबार विहान मत परिणाम घोषणा गरेपछि उनले विजय जुलुस निकालेका छन् । नेपाली कांग्रेसबाट उम्मेदवारको आकांक्षी रहेका उनी पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवार बनेका थिए ।

frontline

निर्वाचित भएपछि पत्रकारहरुसँग कुरा गर्दै उनले जनताको काम गर्न राजनीतिक दलमै बस्नुपर्छ भन्ने नभएको बताए ।

‘म राजनीतिक दललाई आफ्नो मान्छे होइन राम्रो मान्छे छनोट गर्नुस् भन्ने चाहन्छु’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here