ललितपुर नगर प्रहरीले थाल्यो विद्यालयमा सचेतना अभियान

ललितपुर महानगरपालिकाले स्कुल–स्कुलमा ट्राफिक सचेतना अभियान शुरु गरेको छ । सवारी दुर्घटनाबाट हुने मृत्युदर न्यूनिकरणका लागी महानगरले ललितपुर नगर प्रहरीलाई सो अभियान सञ्चालनका गर्न परिचालन गरेको छ ।

बुधवारदेखि दैनिक एक घण्टा ‘स्कुल–स्कुलमा ट्राफिक सचेतना अभियान’ चलाउन थालिएको ललितपुर नगर प्रहरी प्रमुख सिताराम हाछेथुले रातोपाटीलाई बताए । हाछेथुले भने–‘दैनिक एक घण्टा विद्यालयमा गएर बाल–बालिकालाई ट्राफिक नियमबारे सचेत गराउन थालेका छौँ ।’

frontline

बुधवार नगर प्रहरीले त्रिपद्म विद्याश्रम मा.बि, पुल्चोकका १ सय ५ जना विद्यार्थीलाई कक्षा लिएको छ । नगर प्रहरीले विद्यार्थीलाई ट्राफिक सचेतनासम्बन्धी वृतचित्र ‘ट्राफिक अङ्कल’ देखाउने र सवारी चलाउँदा तथा बाटो काट्दा अपनाउनुपर्ने सावधानी बारे अन्तर्क्रिया गर्ने गरेको छ ।

ललितपुर महानगरका मेयर चिरिबावु महर्जनले एउटा सार्वजनिक समारोहमा भनेका थिए, ‘सवारी दुर्घटनाबाट नगरवासीको निधन भएको कल्पना गर्न सक्दिनँ, सानो घाउमात्र लागेको खबर सुन्दा पनि मेरो मन दुख्छ ।’ त्यसपछि, महर्जनले नगर प्रहरी प्रमुख हाछेथुको कमाण्डमा टोली बनाएर स्कुल–स्कुलमा परिचालन गरेका हुन् ।

सडकको अवस्था, चालकको कमजोरी र ट्राफिक जनचेतनाको कमीले दैनिक सवारी दुर्घटना बढ्दै गएका छन् । ललितपुर महानगरपालिकामा सवारी दुर्घटनाबाट दैनिक ३ जनाको मृत्यु हुने गरेको छ ।

‘चेतनाको अभावले नै ट्राफिक दुर्घटना बढेको हाम्रो निष्कर्ष छ,’ नगर प्रहरी प्रमुख हाछेथुले भने–‘त्यसैले, महानगरका सवै स्कुल र संघ–संस्थामा पनि सचेतना कक्षा संचालन गर्छौं ।’

नगर प्रहरीले त्रिपद्म विद्याश्रम माबीबाट शुरु गरेको अभियान सो स्कुलमा एकदिन मात्र चल्दैन् । हरेक स्कुलका सवै कक्षाका विद्यार्थीलाई कक्षामा सहभागी गराएपछि अर्को स्कुलमा स्थान्तरण हुनेगरी कार्यकतालिका तयार गरिएको छ ।

हाछेथुको टीमले विद्यार्थीलाई मादक पदार्थसेवन गरी सवारीचलाउँदा हुने दुर्घटनादेखि तीव्र गतिमा मोटरसाइकल चलाउँदा हुने दुर्घटनाबारे सचेत गराउने गरेको छ । सार्वजनिक सवारीका छतमा र झुण्डिएर यात्रा गर्दा हुने सम्भावित दुर्घटनाबारे, सडक नियम पालना लगायत पनि विद्यार्थीलाई सिकाउने गरिएको हाछेथुले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here