ललितपुरले काठमाडौंको मुख्य चोकमा ‘इन्टलिजेन्स ट्राफिक कन्ट्रोल सिस्टम’ जडान गर्ने

२० माघ, ललितपुर । ललितपुर महानगरपालिका आफैंले काठमाडौंको मुख्य चोकहरूमा ‘इन्टलिजेन्स ट्राफिक कन्ट्रोल सिस्टम’ जडान गर्ने भएको छ ।

सडक विभागले जडान गर्न ढिलाइ गरेपछि ललितपुर महानगरपालिका आफैंले आफ्ना मुख्य ६ वटा चोकमा यस्तो सिस्टम जडान गर्न लागेको हो ।

frontline

तत्कालीन काठमाडौं दिगो शहरी यातायात आयोजनाले लाइट जोड्न अहिलेसम्म तीन पटकसम्म टेन्डर आह्वान गरेको थियो । तर, सबै टेन्डरहरु सरकारको लागत अनुमानभन्दा बढी भएपछि रद्द भएका थिए ।

सडक विभागले ट्राफिक जाम व्यवस्थापन गर्ने उद्देश्यले महानगरीय ट्राफिक प्रहरी महाशाखासँगको सहकार्यमा ट्राफिक लाइट जडान गर्न लागिएको महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले बताए ।

ललितपुरको कुपन्डोल, हरिहरभवन चोक, झम्सीखेल जाने चोक, धोबीघाट चोक, जाउलाखेल र लगनखेलमा यस्तो लाइट सिस्टम जडान गर्न लागिएको उनले बताए ।

‘यी सबै लाइट एउटै सिस्टमभित्र हुनेछन्, एकअर्काको जोडिने भएकाले एउटा चोकमा जाममा बसेर गएको सवारी लगत्तैको अर्को चोकमा जाममा पर्दैन’, उनले भने । यो कामका लागि टेन्डर भएर कम्पनी छनोट भइसकेको महर्जनले बताए ।

अहिले ललितपुरका अधिकांश ट्राफिक लाइट बिग्रेका छन् । चोकचोकमा ट्राफिक प्रहरीले सवारीको व्यवस्थापन गर्नुपरिरहेको छ ।

त्यही भएर इन्टलिजेन्स ट्राफिक सिंग्नल सिस्टम जोड्न लागिएको मेयर महर्जनले बताए । लाइटहरुको व्यवस्थापनका लागि ट्राफिक प्रहरीको केन्द्रमा छुट्टै कन्ट्रोल युनिट स्थापना हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here