ललितपुरको सातदोबाटो–चापागाउँ सडक गराए स्थानीयले बन्द
८ चैत, काठमाडौं । ललितपुरको सातदोबाटो–चापागाउँ सडक स्थानीयले बन्द गराएका छन् । सडकमा धुलो उडेको भन्दै स्थानीयवासी भेला भएर सडक बन्द गराएका हुन् ।
ढोलाहिटीदेखि चापागाउँसम्म एक वर्ष अघि बाटो पिच गरेर मर्मत गरे पनि धेरै खण्डमा अहिले बाटो बिग्रिएको छ ।
घाम लाग्दा धुलो उड्ने र पानी पर्दा हिलो हुने समस्याले स्थानीयवासी र सो सडकखण्डमा यात्रा गर्नेहरु हैरान छन् ।
सडक पिच गर्न माग गर्दै स्थानीयवासी सुनाकोठी बालकुमारी मन्दिर सडकमै बसेपछि सवारी आवागमन अवरुद्ध भएको ललितपुर प्रहरीले जनाएको छ ।
सातदोबाटो–चापागाउँ चल्ने सवारी साधनलाई वैकल्पिक रुटको रुपमा धापाखेल–सुमेरी अस्पताल–सातदोबाटो हुँदै आउ–जाउ गर्ने व्यवस्था मिलाइएको छ ।
जसका कारण सातदोबाटो, जेम्स स्कुल, धापाखेल क्षेत्रमा सवारी साधनको निकै चाप छ ।
प्रतिक्रिया दिनुहोस्