लम्कीचुहाको समग्र विकासमा अग्रसर नगर प्रमुख

कैलाली । आदरणीय लम्कीचुहा नगरवासी आमाबुवा दाजुभाइ तथा दिदिबहिनीहरु आज मैले लम्कीचुहा नगरपालिकाको नगर प्रमुखको रुपमा पद ग्रहण गरेको ४ वर्ष पुरा भएको छ।

सदृढ लोकतन्त्रको सुन्दर गहना निर्वाचन मार्फत यहाँहरुले मलाई आफ्नो प्रतिनिधिको चयन गर्नुभयो।

frontline

लम्कीचुुहा नगरपालिकाको नगर प्रमुखको रुपमा यहाँहरुको सेवा गर्न पाउँदा म आफूलाई भाग्यमानी ठान्दछु।

अमूल्य मत मार्फत लम्कीचुहा नगरपालिकाको समग्र विकासकोे जिम्मा हामीलाई जिम्मा दिनुभयो।

यो अवधिमा यहाँहरुसंग निर्वाचनमा गरेका प्रतिवद्धता कति पुरा गरे/गरेन् यसको तपाईहरुले मूल्यांकन गर्नुनै हुनेछ।

लम्कीचुहा नगरपालिकाको विकासका लागि मैले आफ्नो तर्फबाट गर्न सकिने हर प्रयास म बाट भएको छ।

शिक्षा, स्वास्थ्य तथा भौतिक पूर्वाधार निर्माणका क्षेत्रमा भएका उल्लेखिय कामहरु सबै यहाँहरुको नै साथ, सहयोग र अपेक्षाको परिणाम हो।

अन्तः यस चार वर्षको अवधिमा लम्कीचुहाको विकासको यात्रामा साथ दिनुभएका सम्पूर्ण लम्कीचुहा आमाबुवा दाजुभाइ तथा दिदिबहिनीहरु, राजनीतिक दलका साथीहरु, नागरिक अगुवा, सामाजिक कार्यकर्ता, नागरिक समाज, सुरक्षा निकाय, कर्मचारी साथीहरु, सञ्चारकर्मीहरुलाई धन्यवाद।

लम्कीचुहाको समग्र विकासमा यहाँहरु सहयोग, सल्लाह र सुझावको अपेक्षा राखेको छु।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here