लता मङ्गेशकरको स्वास्थ्य अवस्था क्रिटिकल

२३ माघ, एजेन्सी । विश्वप्रसिद्ध गायिका लता मङ्गेशकरको स्वास्थ्य अवस्था क्रिटिकल बनेको छ। पछिल्लो २७ दिन यता मुम्बईको एक अस्पतालमा उपचाररत उनको स्वास्थ्यमा पुनः समस्या देखिएको छ।

यसअघि उनको स्वास्थ्य स्थिर भएको बताइएको थियो। यद्यपि, उनको परिवारको तर्फबाट भने कुनै पनि प्रतिक्रिया दिइएको छैन। उनीहरूले प्राइभेसी बनाइराख्न अनुरोध गरेका छन्। 

frontline

यता उनी उपचाररत अस्पतालका डाक्टरले भने उनी गम्भीर अवस्थामा रहेको र उनको हाल भेन्टिलेटरमा राखेर उपचार भइरहेको बताएका छन्। गत जनवरी ८ मा लतालाई कोरोना सङ्क्रमण पुष्टि भएको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here