रौतहट निर्वाचन क्षेत्र नं. ३ का मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन
आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रौतहट निर्वाचन क्षेत्र नं. ३ का मुख्य निर्वाचन अधिकृतको कार्यालय आज उद्घाटन गरिएको छ।
कटहरिया नगरपालिका–कटहरिया, रौतहटमा स्थापना गरिएको उक्त कार्यालयको उद्घाटन कार्यक्रम गरिमामय रूपमा सम्पन्न भएको हो।
उद्घाटन कार्यक्रममा निर्वाचन अधिकृत अबधकिशोर प्रसाद कुशवाहा, सहायक निर्वाचन अधिकृत जोखिम ठडा मगर, लेखापाल ब्रज किशोर साह तथा सम्बन्धित कार्यालयका कर्मचारीहरूको उपस्थिति रहेको थियो।
मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसँगै निर्वाचनसम्बन्धी प्रशासनिक कार्यहरूलाई अझ सहज, प्रभावकारी र व्यवस्थित रूपमा अघि बढाइने विश्वास व्यक्त गरिएको छ।






प्रतिक्रिया दिनुहोस्