रौतहटवासीलाई माण्डवी संस्थाले हजारौंको राहत वितरण
मेवालाल यादव
माघ १२ गते , शुक्रबार ।
रौतहट जिल्ला अन्तर्गत माण्डवीको अगुवाई र एफ सी डी ओ र स्टार्ट फण्ड नेपालको आर्थिक सहयोग तथा मरसी कर्पसको प्राविधिक सहयोगमा शीत लहर परियोजना अन्तर्गत चिसोबाट प्रभावित घरपरिवारहरुलाई माण्डवी सँस्थाले आज देखि प्रथम चरणको राहत वितरण शुरु गरेको छ ।
रौतहट जिल्लाको गौर नगरपालिका, परोहा नगरपालिका , ईशनाथ नगरपालिका र सर्लाही जिल्लाको धनकौल गाँउपालिकामा गरी ४ वटा पालिकाहरुमा शीत लहर परियोजना अन्तर्गत करिब १५०० जनालाई राहत वितरण गर्ने कार्यक्रम रहेको सँस्थाकि अध्यक्ष अन्जु झाले बताईन ।
राहत वितरण कार्यक्रम अन्तर्गत माण्डवीले आज देखि परोहा नगरपालिकाको १ नं.का ३१जना घरपरिवारलाई राहत वितरण गर्नु भएको छ । शीत लहर परियोजना अन्तर्गत राहत कार्यक्रम २ चरणमा राहत वितरण गर्ने झाले बताएकी छिन । पहिलो चरणमा करिब रु.८०००।०० बराबरको न्यानो कपडा दिने तथा दोस्रो चरणमा रु.६५००।०० बराबरको खाधान सामाग्रीहरु वितरण गर्ने माण्डवीका अध्यक्ष अन्जु झाले बताए ।
प्रथम चरणको राहत सामाग्रीहरुमा ज्याकेट, उनीका सुईटर, उनीका मोजा, थर्मश( तातो पानी राख्ने,१ लिटर) , सिरक(फोम) २ केजी, सिरक(कपास) ६ देखि १० केजी, पि फम ( ६.५ फिट लम्वाई), त्रिपाल १२/१८, तातो पानी राख्ने (हट वाटर ब्याग), डसना, ऊनको टोपी, बाक्लो मोजा, ऊनको स्वीटर, भित्री न्यानो कपडा(थर्मोकोट सेट), बाक्लो ज्याकेट, बाक्लो टाउजर, बच्चाको न्यानो कपडा(जम्पर), ऊनको पन्जा, चप्पलहरु CVA कार्डका माध्यमबाट लाभग्राहीहरुको छनोटको अधारमा माण्डवी संस्थाले आज परोहा नगरपालिका को -१ जिगडवामा दलित , अपांग , गरिब , असहाय ब्यक्ति गरि ३१ जनालाई CVA कार्ड मार्फत वितरण गर्नु भएको छ ।
प्रतिक्रिया दिनुहोस्