रौतहटमा विभिन्न पार्टी परित्याग गरि हजारौं संख्यामा जसपा पार्टी प्रवेश
मेवालाल यादव
कार्तिक १८ , रौतहट
रौतहटको देवाही गोनाही नगरपालिकाको प्रेमपुर गोनाही बजारको प्राङ्गणमा आज जनता समाजवादी पार्टी नेपालको जिल्ला कार्यसमिति द्वारा आयोजित शुभकामना आदानप्रदान, संगठन विस्तार संगै बृहत पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ ।
जनता समाजवादी पार्टी नेपाल जिल्ला कार्य समिति रौतहटका जिल्ला अध्यक्ष श्याम विहारी यादवको अध्यक्षता शुभकामना आदानप्रदान, संगठन विस्तार संगै बृहत पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको हो ।
देवाही गोनाही नगरपालिकाका पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीका मेयर प्रत्यासी धर्मेन्द्र प्रसाद पटेल जनता समाजवादी पार्टी (जसपामा ) प्रवेश गरेका छन । उनका साथै बौधिमाई नगरपालिका वडा नं. २ इनर्वाका समाजसेवी बिरेन्द्र प्रसाद पटेल, देवाही गोनाही नपाका अनिल पटेल लगायत माओवादी, नेकपा एस तथा विभिन्न पार्टी परित्याग गरि जसपामा प्रवेश गर्नेहरुको लहर लागेको देखिएको छ । कार्यक्रमका प्रमुख अतिथि जसपाका राष्ट्रिय अध्यक्ष माननीय उपेन्द्र यादव तथा विशिष्ट अतिथि मधेश प्रदेशका मुख्यमंत्री सरोज कुमार यादवले नव प्रवेशीहरुलाई माला र टिका लगाई जनता समाजवादी पार्टी नेपालमा प्रवेश गराएका हुन ।
शुभकामना आदानप्रदान, संगठन विस्तार संगै बृहत पार्टी प्रवेश कार्यक्रममा जसपाका शीर्ष नेताहरुले हिन्दू धर्मावलम्बीहरुको महान पर्व बितेको बिजयादशमी, आउँदै गरेको शुभ दिपावली तथा लोक आस्थाको पर्व छठ पर्वको शुभकामना सहित नव प्रवेशी साथीहरुलाई अग्रिम कार्यकाल सफलता शुभकामना व्यक्त गरेका छन । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य तथा राजनीति समिति सदस्य एवं रौतहट क्षेत्र नं. २ ‘ख’ को पूर्व प्रदेश सभा सदस्य रामकिशोर यादव उर्फ किशोरी यादवले नव प्रवेशीहरुलाई गमछा ओढ़ाएर सम्मान गर्दै कार्यकाल सफलताको शुभकामना दिनुभएको छ ।
मधेस प्रदेशको मुख्यमन्त्री सरोज कुमार यादवले सो कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी प्रशासन ऐन एवम् निजामती कर्मचारी ऐन संशोधन गर्ने प्रतिबद्धता जनाउनु भएका छन् । मधेस प्रदेश सरकारका अहिले सम्म कुनै पनि कर्मचारी आफ्नो मान्त्रालय अन्तर नरहेको जिकिर गर्नु भएको हो। मधेस प्रदेश सरकारको कर्मचारी ऐन संशोधन भएन भने मधेस प्रदेश सरकारका निर्वाचित १०७ सांसदहरु मिलेर सिहं दरवार र माईती मण्डला घर अगाडी धर्ना समेत दिने प्रधानमन्त्रीलाई चेतावनी दिएका छन्। गौर राईस मिल अतिग्रहणको लागि मुख्य मन्त्री सरोज कुमार यादवको नेतृत्वको मधेस प्रदेश सरकारले रु.१५ करोड रुपैयाँ बिनियोजन गरेका छन। तर प्रदेश सरकारले जग्गा अतिग्रहणको लागि रौतहट जिल्ला प्रमुख अधिकारीलाई पत्रचार गरेको थियो तर कुनै किसिमको जवाफ नआए पछि माधव कुमार नेपाललाई गौर राईस मिल अतिग्रहणको बारेमा फोन मार्फत मुख्यमन्त्री यादवले जानकारी गराएका छन ।
प्रमुख अतिथि माननीय उपेन्द्र यादव (जनता समाजवादी पार्टी नेपालका राष्ट्रिय अध्यक्ष) ले कार्यक्रमलाई सम्बोधन गर्दै संघियता माथि अझ पनि खतरा रहेको नेकपा माओवादी केन्द्र,नेपाली कांग्रेस,नेकपा एमाले मधेसमा शासन गरेको बेला फोरम पार्टीले मधेसको अधिकारको लागि आवाज उठाएका थिए । मधेस प्रदेश सरकार विभिन्न जाति धर्मवर्गको अधिकारको संरक्षण गर्दै आरक्षणको व्यवस्था जनता समाजवादी पार्टी नेपालले दिलाएका छन । जनमत पार्टी बहुरुपिया पार्टी रहेको जनता समाजवादी पार्टी नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले बताए । रौतहट जिल्ला यस्तो जिल्ला हो जुन क्रान्तिकारी जिल्लाको नामबाट प्रचलित रहेको यादवको भनाई रहेको। जनमत पार्टीका राष्ट्रिय अध्यक्ष सिके राउत स्टडेवाज रहेको आलोचना गर्दै रु.१० लाखको लुगा लगाएर किसानको नेता कहलाउने पार्टी जनमत रहेको छ । मधेस प्रदेश सरकारमा अवस्थित चुरे क्षेत्र,वन जंगल तथा उद्योग,कलखानाहरु भोलीको दिनमा मरुभूमिमा परिनत नहुने गरी प्रतिबद्धता जनाएका छन। आँउदो दिनमा मधेस प्रदेशमा सिङ्गो सरकार जनता समाजवादी पार्टी नेपालको रहने प्रतिबद्धता यादवले जनाएका छन ।
सो कार्यक्रममा मधेश प्रदेश सरकारका ऊर्जा, सिंचाई तथा खानेपानी मन्त्री मो.अब्दुल कलाम आजाद उर्फ फुलबाबू, पूर्व मन्त्री गोविन्द चौधरी,पूर्व कृषि राज्यमंत्री योगेन्द्र यादव, केन्द्रीय सदस्य विन्देश्वर यादव, केन्द्रीय सल्लाहकार बिश्वनाथ पटेल, केन्द्रीय सदस्य किरण ठाकुर, प्रदेश सदस्य तथा बौधिमाई नगरपालिकाको पूर्व नगर प्रमुख राजीव रंजन यादव, माधव नारायण नगरपालिकाका पूर्व नगर प्रमुख बिरेन्द्र यादव, समाजवादी युवा संघको केन्द्रीय महासचिव दिलीप कुमार पटेल उर्फ राजकिशोर पटेल, प्रदेश सदस्य मो. कलाम, प्रादेशिक अस्पताल गौरका ब्यवस्थापन समिति सदस्य ललन यादव , उपेन्द्र यादव , सर्लाही जिल्ला इन्चार्ज रामअशीष राय यादव, केन्द्रीय परिषद सदस्य दिनेश यादव, जिल्ला कोषाध्यक्ष बृज मोहन साह, युवा संघको जिल्ला अध्यक्ष पुन प्रताप पटेल, राज नारायण साह, विद्यार्थी यूनियनको सचिव ललन यादव लगायत पार्टीका नेता कार्यकर्ता, सञ्चारकर्मी तथा स्थानीयहरुको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्