रौतहटमा पछिल्लो समय देखि अपराधिक क्रियाकलप न्यून

भादौ २३ ।। रौतहट नेपालको चिर प्रचित क्रिमिनल हरुको सेन्टर पोइन्ट हो । पुर्वमा सप्तरी देखी पश्चिम पर्सा सम्मको मध्य विन्दु रौतहट नै पर्छ यसैले स्वभावीक हो रौतहट अपराधीहरुको अखडा स्थल हो।

frontline

रौतहटमा पछिल्लो समय अपराधिक क्रियाकलप न्यून हुन आएको जिल्ला प्रहरी कार्यालय रौतहटको नोटीस बोर्डमा स्पष्ट देख्न सकिन्छ । जिल्लामा हुने अपराधिक क्रियाकलाप नियन्त्रणमा सादा पोशाकमा खटिएका प्रहरीको सक्रियताले अपराधी सहजै पक्राउ पर्ने गरेका छन् ।

जसका कारण रौतहटको शान्ति सुरक्षा थप मजबुद समेत बनदै गाको स्पष्ट छ। जसलाई अझै प्रभावकारी बनाउन हालका प्रहरी उपरीक्षक महेन्द्र कुमार श्रेष्ठकोे अप्रेशन मिसनले सादा पोसाक को प्रहरी उच्च रफ्तार मा सक्रिय बनाएपछि रौतहटमा हाल कुनै पनिअप्रिय घटना हुन पाएको छैन । आर्थिक बर्ष ०८९/०८० को असारदेखि हालसम्म सादा पोसाक को प्रहरीकै कारण धेरै बढी काम कार्वाही भई धेरै मात्रा मा अपराधीहरु जेल सजाय भोगिरहेका छन् ।

यो सफलताका लागि प्रसनी श्याम साह सहितको टिम रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । तर हाल केही स्थानीय संचार माध्यममा सिंगो प्रहरी प्रशासनलाई नै बद्नाम हुने गरी समाचार प्रकाशित भएको थियो ।

देशको चौथो अंगको रुपमा रहेको पत्रकारले भ्रम सृजना गर्ने खालको कपोकल्पीत समाचार प्रकाशन गरी प्रहरी प्रशासनको खिल्ली उडाएको भन्दै असई श्याम साह ले आपत्ती जनाएका छन र त्यो समचारको कुनै पनि सत्यता नरहेको जानकारी दिएका छन ।

स्थानीय संचार माध्यममा चोर र लुटेरालाई संरक्षण दिंदै एक महिनामा तिन चोटि मलेसिया गएको खबर सरासर गलत र कपोकल्पित रहेको पुर्व आई जि पी धिरज प्रताप सिंहको नजिक रहेको यो कुरा सरासर गलत र नैतिकहिन रहेको छ ।

यसो त हाम्रो समाजमा राम्रो केही गर्न खोज्नेको खुट्टा तान्ने प्रवृति नयाँ भने होईन तर राज्यकै महत्वपुर्ण अंग रहेको संचार माध्यमले ब्यक्तीगत स्वर्थका लागी भ्रमपुर्ण र कपोकल्पीत समाचार प्रकासित गरीदा सिंगो संचार जगतनै अविश्वासनीय बन्न पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

poster-here