रौतहटमा जसपा  संगठनलाई अझै मजबुत, सुदृढ र एकताबद्व बनाउँछौं – यादवको भनाइ 

मेवालाल यादव

frontline

रौतहट 

जनता समाजवादी पार्टी, नेपाल (जसपा) का नेता तथा कार्यकर्ताहरुले रौतहटमा पार्टीलाई अझ मजबुत बनाउने बताएका छन् । उनीहरुले रौतहटमा  पार्टी विभाजनको कुनै असर नपरेको र केन्द्रदेखि स्थानीय तहसम्म नेता–कार्यकर्ताहरु उपेन्द्र यादव नेतृत्वकै जसपा नेपालमा रहेको दावी गरेका जिल्ला अध्यक्ष श्याम बिहारी यादवले बताए । जसपा नेपाल रौतहट  तथा पार्टी अन्तर्गत भातृ संगठनहरुको बारेमा आज माधवनारायण नगरपालिकाको प्रत्येक वडामा जसपाका जिल्ला अध्यक्ष श्याम बिहारी यादवले कार्यकर्ताहरु सुभचिन्तकहरु संग भेटघाट  सुरु गरेका छन् 

रौतहटको माधवनारायण नगरपालिकाको -३ सखुअवामा

बैठकले सम्पूर्ण पार्टी पंक्ति एकढिक्का भएर अघि बढ्ने निर्णय गरेको जसपा रौतहट  अध्यक्ष यादवले बताए । उनले भने, ‘पार्टी विभाजनको कुनै औचित्य नरहेको र रौतहटमा  त्यसको कुनै असर नपरेकोले हामी सबै जसपा नेपाललाई रौतहटमा  अझ मजबुत बनाउने गरी अघि बढ्ने निर्णयका साथ अघि बढेका छौं यादवले बताएका छन ।

सो बैठकमा जसपा नेपालको नेता , कार्याकर्ता, सुभचिन्तकहरु , पार्टी अन्तर्गत भातृ संगठनहरुको सदस्य गणहरुको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

poster-here