रौतहटमा जनमत पार्टीले जलायो बजेटको प्रतिलिपि

रौतहटमा जनमत पार्टीले जलायो बजेटको प्रतिलिपि। मेवालाल यादव रौतहट : आगामी आर्थिक वर्षका लागि संघीय सरकार ल्याएको बजेट मधेस विरोधी भएको भन्दै वीरगन्जमा जनमत पार्टीका नेता कार्यकार्ताहरूले बजेटको प्रतिलिपि जलाएका छन्।

सोमवार अपराह्न २ बजे जनमत पार्टीका नेता कार्यकर्ताहरु सदरमुकाम गौरमा मधेश बिरोधी बजेटको बिरुद्धमा प्रदर्शन गर्दै नगर परिक्रमा गरि मधेशी क्रान्ति चौकमा बजेटको प्रतिलिपि जलाएका हुन्। जनमत पार्टी रौतहटका निर्वतमान जिल्ला सचिव बिकास कुमार यादवले भन्ने आगामी आर्थिक वर्षका लागि संघीय सरकारले ल्याएको बजेटमा मधेस प्रदेशलाई उपेक्षा गरि सबैभन्दा कम बजेट विनियोजन गरिएकोले विरोध गरिएको हो। संघीय सरकारले बजेट संशोधन नगरे अझ सशक्त आन्दोलनमा उत्रिने चेतावनीपनि दिएका छन्।

frontline

  सरकारले मधेसी जनताबाट करमात्रै उठाउने तर मधेसलाई बजेट नदिने प्रवृति दोहोरयाएर अहिलेको सरकारले बजेट ल्याएकोले उक्त बजेट बजेट जलाइएको यादवले बताए।  प्रदर्शनमा जनमत पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य डा. सुबन्त कुशवाहा, नेता अशोक कुमार सिंह, बिरेन्द्र साह पुर्व जिल्ला ईन्चार्ज बिनय कुमार वर्मा, जिल्ला इन्चार्ज बृजकिशोर यादव , रामलाल यादव, नथुनी मुखिया लगायतका नेता कार्यकर्ताहरूको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here