रौतहटमा एक मठका पुजारीमाथि सांघातिक हमला
मेवालाल कुमार यादब
भदौं २२,रौतहट
रौतहटमा हत्या,हिंसा,अपराध,चोरी जस्ता घटनाहरुमा दिनानुदिन बृद्धि हुदैँ गईरहेको छ ।
प्रहरीलाई चुनौति दिदैं बिभिन्न घटनाहरु घटिरहेको छ । जिल्लामा बिहिबार राति एक मन्दिरका पुजारी (साधु)माथि सांघातिक आक्रमण भएको छ । जिल्लाको दुर्गा भगवती गाउँपालिकाको वार्ड नं.३ देवीपर्सा टोलस्थित रहेको श्री रामजानकी मन्दिरका पुजारी मिश्रीलाल साहमाथि सांघातिक आक्रमण भएको हो ।
हि ठाउँका स्थानीय उमेश साहका अनुसार बिहिवार राति करिब ११ बजे रात खाना पकाउने समयमा अज्ञात व्यक्तिले पुजारी साहको टाउकोमा धारिलो हतियार प्रहार गरेका थिए । साधु साहमाथि आक्रमण भएको थाहा पाएपछि स्थानीयले उपचारका लागि अस्पताल पु¥याएको थियो । अहिले उनको उपचार पिपरा बजार स्थित रहेको बागमती अस्पतालमा भइरहेको छ । रौतहटका प्रहरी उपरिक्षक (एसपी) महेन्द्र कुमार श्रेष्ठले साधुमाथि आक्रमणबारे जानकारी पाए लगतै प्रहरी पठाएको बताए । आक्रमण कसले र किन गरेको कुरा पुर्ण रुपमा खुल्न नसके तापनि सोहि ठाउँका एक जना मानिसले पहिलादेखि नै डरत्रास देखाई आईरहेको बताईएको छ ।
मठका पुजारीले पुजा गर्दा बिहानै भजन किर्तन गर्ने गित संगित बजाउदा उक्त मानिसलाई डिसर्टब हुने र यसो नगर्न बारम्बार भन्दा पनि पुजारीले आफ्नो पुजापाठ जारी राखेको बताईएको हो ।त्यस कारण पहिला देखिनै दुबै जना बिच झै–झगडा समेत भएको बताईएको छ । सोहि रिसिबिको कारण गएराति बिहिबार मठका मठाधिस(महन्त)साहमाथि सांघातिक हमला गरि ज्यान मार्ने उदेश्यले धारिलो हतियार प्रहार गरि फरार भएको प्रहरी उपरिक्षक श्रेष्ठले जानकारी दिएका छन ।
फरार भएका मानिसलाई खोज्न प्रहरी परिचालन गरेको र चाडैं खोजि गरि कटघारामा ल्याउने प्रतिबद्धता जनाउनु भएको हो । प्रहरी उपरिक्षक श्रेष्ठको करिब एक हप्ता नबित्दै यस्तो घटना घटनु एक चुनौति समेत रहेको बताउनु भयो । त्यस कारण वहाँले भने कि यहाँका कमिकमजोरीलाई निस्तेज बनाउने, सकारात्क कार्यलाई सधै प्राथिमकता दिइने,यहाँ हुने चोरी तस्करी लगायतका विभिन्न अवाञ्छित क्रियाकलापलाई निरुत्साहित पार्दै अघि बढ्ने प्रतिबद्धता जनाउनु भएको छ ।
प्रतिक्रिया दिनुहोस्