रौतहटको राजपुर नगरपालिकामा इसत्याक अहमदको चुनावी तयारी तीव्र

मेवालाल यादव
रौतहट । आउँदो २०८४ सालमा हुने स्थानीय तह निर्वाचनको लागि राजपुर नगरपालिकामा पत्रकार इसत्याक अहमदले पुनः रूपमा चुनावी तयारी तीव्र पारिरहेका छन् । उनले विभिन्न क्षेत्रका मतदाताहरूसँग छलफल तथा भेटघाटलाई बढाउँदै आफ्नो उम्मेदवारी सुनिश्चित गर्न सक्रियता देखाइरहेका छन् ।




नाम नबताउने सर्तमा केही स्थानीय नेताकार्यकर्ताहरूले अहमदलाई समर्थन जनाइरहेको बताएका छन् । उनीहरूको अनुसार विभिन्न दलका कार्यकर्ताहरू समेत उनको पक्षमा रहने संकेत देखिएको छ ।
यस सन्दर्भमा अहमदले भने, “म जनताको सेवाका लागि राजनीति गर्न चाहन्छु । मेरो लक्ष्य राजपुर नगरपालिकाको समग्र विकास गर्नु हो ।”
उनको उम्मेदवारीले नगरपालिकाको राजनीतिक माहोल तातेको छ भने अन्य प्रतिस्पर्धी दलहरू पनि चुनावी रणनीति बनाउन सक्रिय देखिएका छन् ।
प्रतिक्रिया दिनुहोस्