रौतहटको गौरमा ज्ञान सागर एकेडेमीको उद्घाटन, गुणस्तरीय शिक्षाकाे नयाँ केन्द्रको शुभारम्भ

Exif_JPEG_420

रौतहट — रौतहट जिल्लाको गौर नगरपालिका–३ स्थित बिपी चौकदेखि पश्चिम पट्टि अवस्थित ज्ञान सागर एकेडेमीको भव्य उद्घाटन समारोह आज सम्पन्न भएको छ। विधिपूर्वक पूजा–पाठका साथ एकेडेमीको उद्घाटन गरिँदा स्थानीय बासिन्दा, शिक्षा क्षेत्रमा सक्रिय व्यक्तित्वहरू तथा विभिन्न समुदायका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

frontline
Exif_JPEG_420

उद्घाटन कार्यक्रममा बोल्ने संचालक बिवेक कुमार यादवले ज्ञान सागर एकेडेमीले गौर क्षेत्रमा गुणस्तरीय र व्यवहारिक शिक्षा प्रदान गर्दै बालबालिकाको उज्ज्वल भविष्य निर्माणमा महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे। उनीहरूले यस्तो शैक्षिक संस्थाले स्थानीय स्तरमा शिक्षा स्तरको उन्नयनमा टेवा पुर्‍याउने उल्लेख गरेको बताए ।

Exif_JPEG_420

एकेडेमीका संचालकले संस्थाको प्रमुख लक्ष्य आधुनिक प्रविधि प्रयोग गरेर विद्यार्थीलाई व्यवहारिक र प्रतिस्पर्धात्मक शिक्षा प्रदान गर्नु रहेको जानकारी दिए। उनका अनुसार, एकेडेमीमा स्मार्ट क्लास, छात्रावास सुविधा तथा गौर बाहिरका विद्यार्थीहरूका लागि यातायात सुविधा समेत उपलब्ध गराइनेछ।

Exif_JPEG_420

प्रधानाध्यापक राजेन्द्र प्रसाद यादवका अनुसार, एकेडेमीले शिक्षा क्षेत्रमा नविनतम प्रविधि र दक्ष जनशक्तिको माध्यमबाट विद्यार्थीहरूको क्षमता विकासमा केन्द्रित कार्यक्रम सञ्चालन गर्नेछ।

Exif_JPEG_420

संचालकै बुवा उद्घाटनका प्रमुख अतिथि उमासंकर यादवले रिबन काटेर सम्बोधन गर्दै ज्ञान सागर एकेडेमीको सुरुवातसँगै गौर क्षेत्रका अभिभावक तथा विद्यार्थीहरूमा उच्चस्तरीय शिक्षाको आशा र उत्साह देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here