रौतहटको गोदावरी स्टिल उद्योगमा काम गर्ने मजदुर माथि दमन

मेवालाल यादव , रौतहट

frontline

रौतहटको गोदावरी स्टिल उद्योगले सरकारबाट ऋण लिएर सरकारी बैंकलाई झुक्याएको देखिन्छ, तर नेपाल सरकारको बिधुतको बिजुली बिल करौडौं सम्म बाकी राखेको कुरा बाहिर सोसल मिडियामा आएको प्रष्ट देखिन्छ । उद्योगले भारतीय मजदुरलाई प्राथमिकता दिन थालेको स्थानीय मजदुरले भने, नेपाली मजदुर नेपालमा रोजगार न पाउदा दैनिक विदेश जान बाध्य भइरहेका स्थानीय मजदुरले बताए । गोदावरी स्टिलले नेपालको नियम कानुन मिच्दै कानुनको धज्जी उडाएको आरोप लागेको छ।

रौतहटको चन्द्रनिगाहपुर ईलाका प्रहरी कार्यालयले ठेक्केदार, र मजदुरहरुको उजुरी ना लिएको पीडित मजदुरले बताएका छन । गोदावरी स्टिल उधोग माथि पटक पटक गुनासो भइरहेको स्थानीय स्रोतका अनुसार उद्योगमा कार्यरत मजदुरहरू माथि दमन भइरहेको स्थानीयले बताएका हुन। गोदावरीले अन्य स्थानमा पनि कम्पनी सञ्चालन गरेको र सरकारी रकम छाउमा यस्तै समस्या रहेको वहाँले बताए । उद्योगमा भारतीय मजदुरलाई काम गराएर ज्याला नदिने, कुनै कुनै मजदुर माथि झुठो आरोप लगाई मजदुरलाई कम्पनीबाट बाहिर निकाल्ने गरेको घटना बाहिर आएको स्थानीयले बताए ।

यो गम्भीर विषय हो, नेपाल सरकार र सम्बन्धित निकायहरूले यस विषयमा आवश्यक छानबिन गरी मजदुरका अधिकार सुनिश्चित गर्न तथा कानुन मिच्ने उद्योगलाई कारबाही गर्न कदम चाल्नुपर्छ नाम नबताउन सर्तमा एक मजदुरले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here