रोल्पामा अटो दुर्घटना हुँदा चालकको मृत्यु

१८ पुस, रोल्पा ।  रोल्पामा अटो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । रोल्पा नगरपालिका-९ ह्वामाको गर्पा कापडाँडा सडकबाट अटो २ सय मिटर तल खस्दाँ चालकको मृत्यु भएको हो।

ह्वामाबाट सदरमुकाम लिबाङ आउँदै गरेको अटो आईतबार दिउँसो १ बजे दुर्घटनाहुँदा रुन्टीगढी गाउँपालिका-९ सखीका ३४ वर्षिय खुम रोकाको मृत्यु भएको हो ।

frontline

यात्रुलाई गाउँ छोडेर सदरमुकाम फर्किने क्रममा अटो दुर्घटना भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार रा १ ह ३०५१ को अटो सडकबाट करिब दुईसय मिटर तल भिरमा खस्दा चालकको घटनास्थल मै ज्यान गएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here