रोनाल्डोको शालिकले भारतमा विवाद

सान्केतिक तस्बिर

१५ पुस, नयाँ दिल्ली  । पोर्चुगलका फुटबल स्टार क्रिस्चियानो रोनाल्डोको शालिकले भारतमा विवाद चर्किएको छ ।

पश्चिमी राज्य गोवामा राखिएको रोनाल्डोको नयाँ शालिकले भारतमा विवाद चर्किएको हो ।

frontline

एकपक्षहरुले स्थानीय खेलाडीलाई सम्मान र प्राथमिकतामा राख्नुपर्ने धारणा राखिरहेका छन् भने अर्को पक्षहरुले रोनाल्डोलाई फुटबलको प्रेरणाको स्रोतको रुपमा लिनुपर्ने धारणा राख्दै आएका छन् ।

भारतको राष्ट्रिय खेलकुद समूहमा अधिकांश पूर्व र वर्तमान फुटबल खेलाडीहरु गोवाकै हुन् ।

तर, गोवा कुनै समय पोर्चुगलको उपनिवेशमा परेको र सो उपनिवेशबाट स्वतन्त्र भएको करिब ६० वर्षमात्र पुगेको छ ।

कुनै समय बेलायती साम्राज्यको उपनिवेशमा परेको भारत र पोर्चुगलको उपनिवेशमा परेको गोवामा स्थानीय खेलाडीलाई सम्मान दिनु र प्राथमिकतामा राख्नुको सट्टा पोर्चुगलकै खेलाडीको शालिक त्यहाँ राखिएको भन्दै विश्लेषकहरुले चर्को आलोचना गरिरहेका छन् ।

यद्यपि, रोनाल्डोको शालिक युवा पुस्ताको लागि प्रेरणाको स्रोत बन्ने अपेक्षा र गोवामा फुटबल लोकप्रिय भएको कारण सो शालिक त्यहाँ राखिएको अन्य अधिकारिहरुले बताएका छन् ।

गोवाको ६० औं स्वतन्त्रता दिवसको अवसरमा गोवामा रोनाल्डोको शालिक ठड्याइएको बताइएको छ ।

सो शालिकले भारतमा दुईधार बनेको भारतीय मिडियालाई उद्धृत गर्दै बीबीसीले समाचार छापेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here