रोकिराखेको टिप्परमा दुई मोटरसाइकल ठोकिँदा दुई जनाको मृत्यु

२४ पुस, राजविराज ।  सप्तरीको खडक नगरपालिकास्थित हुलाकी सडक खण्डमा रोकिराखेको टिप्परमा दुईवटा मोटरसाइकल ठोकिँदा दुई जनाको मृत्यु भएको छ। 

खडक नगरपालिका–११ स्थित वडा कार्यालयदेखि दुई सय मिटर पूर्व हुलाकी सडक खण्डमा बिग्रेर रोकिराखेको स१ख ९२८ नम्बरको टिप्परमा दुई मोटरसाइकल ठोकिँएका थिए। 

frontline

बोदे बर्साइन नगरपालिकाबाट राजविराजतर्फ आउँदै गरेको बा.८प  ३२१५ नम्बरको मोटरसाइकल र प्रदेश १–०२–०४४प ८६१९ नम्बरको मोटरसाइकल टिपरको पछाडि ठोकिएका हुन्। 

३२१५  नम्बरको मोटरसाइकलका चालक खडक नगरपालिका–११ बनौलीका २० वर्षीय बैजु भनिने बैजनाथ चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ। 

मोटरसाइकल पछाडि सवार खडक–११ बनौलीका २२ वर्षीय बुधन चौधरीको गाला र हात खुट्टामा चोट लागेको छ। उनको स्थानीय युनिभर्सल अस्पतालमा उपचार भइरहेको छ।

अर्को ८६१९ नम्बरको मोटरसाइकलमा सवार डाक्नेश्वरी नगरापलिका–१० का २२ वर्षीय रामाकान्त चौधरीको पनि घटनास्थलमै मृत्यु भएको हो।

मोटरसाइकल चालकका छोरा २२ वर्षीय सुमनको टाउको र शरीरको विभिन्न भागमा चोट लागेको छ। उनलाई थप उपचारका लागि न्युरो अस्पताल विराटनगर लगिएको छ। 

बिग्रेर सडक किनारमा रोकिराखेको टिप्परको मर्मतपश्चात प्रहरी कार्यालयमा ल्याइएको प्रहरी निरीक्षक राजु अधिकारीले बताए। मोटरसाइकल र टिपर चालक प्रहरी नियन्त्रणमा छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here