रोकिएका सबै परीक्षा आगामी साउनभित्र

त्रिविले भौतिक उपस्थितीमै परीक्षा गर्ने तयारी,
असार ७ गतेपछि हुने निषेधाज्ञाको स्वरुप हेरेर परीक्षा तालिका सार्वजनिक गरिने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले रोकिएका सबै परीक्षा आगामी साउनभित्र सक्ने तयारी गरेको छ ।

कोभिड महामारीका कारण करिब साढे दुई लाख विद्यार्थी दुई वर्षदेखि एकै कक्षामा अध्ययन गर्न बाध्य छन् ।

frontline

तर अब भने त्रिविले भौतिक उपस्थितीमै परीक्षा गर्ने तयारी थालेको हो । गत वर्ष भदौमा सम्पन्न हुनुपर्ने परीक्षा अब जुनसुकै अवस्थामा श्रावण मसान्तमा सक्ने तयारी पभइरहेको त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए ।

उनका अनुसार असार ७ गतेपछि हुने निषेधाज्ञाको स्वरुप हेरेर परीक्षा तालिका सार्वजनिक गरिनेछ ।

गत वैशाखमा स्नातक तहको परीक्षा भइरहेको बेला कोरोना नियन्त्रण एवं रोकथामका लागि जारी निषेधाज्ञाका कारण परीक्षा स्थगित भएको थियो । व्यवस्थापन संकायबाहेक अन्य संकायहरुका केही विषयका परीक्षा बाँकी छन् ।

ती बाँकी रहेका परीक्षा सकेपछि परीक्षा नै हुन नसकेका विद्यार्थीको परीक्षा हुने परीक्षा नियन्त्रक जोशीले बताए । स्नातक तहका १९ महिनादेखि परीक्षा हुनै सकेको छैन ।

उनका अनुसार बाँकी रहेका परीक्षार्थीको परीक्षा पूर्ववत केन्द्रमा नै सञ्चालन हुनेछन् । ‘बाँकी परीक्षार्थीहरुको हकमा उनीहरुलाई पायक पर्ने गरी परीक्षा केन्द्र रोजी परीक्षा दिन पाउने व्यवस्था हुनेछ,’ जोशीले भने, ‘असार ४ गतेसम्म अन्तिम समय तोकिए पनि विविध कारणले विद्यार्थीले फाराम भर्न नसकेको गुनासो आइरहेकोले सात गतेसम्म समय बढाइएको छ ।’

यसैबीच त्रिविले सञ्चालन गर्ने सबै परीक्षा भौतिक उपस्थितिमा नै हुनेछन् ।

अनलाईन परीक्षा फाराम भर्न नसक्ने अवस्था रहेका विद्यार्थीलाई अनलाइन परीक्षा गराउन सम्भव नहुने देखिएकाले भौतिक उपस्थितिमै परीक्षा गर्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here