रैथाने बाली प्रर्वद्धन मालिका

मालिका गाउँपालिकाले रैथाने बाली प्रर्वद्धन कार्यक्रम सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै सो कार्यक्रम सञ्चालन गर्ने जनाएको हो । 

गाउँपालिकाको अनुसार चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप रैथाने बाली प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्न लागेको हो । कार्यक्रममा सहभागी हुन चाहने कृषक, कृषि सहकारी, कृषि समूहले आवश्यक कागजातसहित चैत १८ गतेभित्र आवेदन दिन सक्ने गाउँपालिकाले जनाएको छ ।कार्यक्रम सञ्चालनको लागि पालिकाले विभिन्न मापदण्ड तयार बनाएको र सोही अनुरुप कार्यक्रम सञ्चालन गर्ने जनाइएको छ ।

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here