रेसुंगा विमानस्थलमा पहिलो डेमो उडान सफल

२४ पुस, गुल्मी ।  गुल्मीको रेसुंगा विमानस्थलमा पहिलो पटक डेमो उडान सफल भएको छ । आइतबार बिहान १२ बजे काठमाडौंदेखि उडेको तारा एअरको ९ एन-ए एल ओ  जहाज रेसुंगा विमानस्थलमा अवतरण भएको हो। 

जहाजमा पूर्व पराराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, गुल्मी क्षेत्र नम्बर १ का सांसद चन्द्र भण्डारी, रामकुमारी झांक्री लगायतका यात्रु थिए। 

frontline

जहाज हेर्न विमानस्थलमा ठूलो भीड लागेको छ । लामो समयको प्रतिक्षापछि रेसुंगा विमानस्थलमा डेमो उडान सफल भएपछि गुल्मीबासी खुसी भएका छन् । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here