रेसुंगा नगरपालिकामा मेयर, उपमेयर दुबै पदमा नेपाली कांग्रेसको अग्रता

३१ वैशाख, गुल्मी । रेसुंगा नगरपालिका गुल्मीमा शनिबार बिहानसम्म मेयर, उपमेयर दुबै पदमा नेपाली कांग्रेसले अग्रता लिएको छ।

मेयर पदका उमेदवार कांग्रेसका खिलध्वज पन्थीले २ हजार २ सय ९२ र एमालेका राजेन्द्रप्रसाद पाण्डेयले १ हजार ७ सय ७० मत पाएका छन्। 

frontline

उपमेयरमा कांग्रेसकी अमृतादेवी कुवँरले २ हजार ३ सय ६१ र एमालेकी रिता पाण्डेले १ हजार ६ सय ५९ मत पाएकी छन् । 

अहिलेसम्म तीन वडाको नतिजा आइसकेको छ । वडा नम्बर १ मा एमालेका रामप्रसाद पन्थी, २ मा कांग्रेसका हिराबहादुर थापा, ३ र ४ मा कांग्रेसकै बाबुराम खत्री र लिलाधर आचार्य विजयी भएका छन् । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline

विश्व परिवेश

poster-here