रेम्डिसिभिर उत्पादनको प्रक्रियामा परीक्षण पास

काठामाडौं । कोभिड संक्रमितको उपचारमा प्रयोग हुने औषधि रेम्डिसिभिर अब नेपालमै उत्पादन गरिने भएको छ । नेपाल औषधि उत्पादन संघले नेपालमै उत्पादनका लागि औषधि व्यवस्था विभागको अनुमति पाइसकेको जनाएको छ । 

संघका महासचिव विप्लब अधिकारीले भने, “हामी रेम्डिसिभिर उत्पादनको अन्तिम प्रक्रियामा छौं । नेपालमा यसको परीक्षण पास भइसकेको छ, छिट्टै उत्पादनको काम सुरु गर्दैछौँ ।” नेपालमै यो औषधि उत्पादन हुने भएपछि कोभिड संक्रमितको उपचारमा सहज हुने विश्वास अधिकारीको छ । 

frontline

यसअघि भारतबाट आयात गरिँदै आएको रेम्डिसिभिर आफ्नै देशमा संक्रमण उच्च भएपछि भारतले निर्यात बन्द गरेको थियो । वैशाख दोस्रो सातायता औषधि व्यवस्था विभागले बंगलादेशबाट रेम्डिसिभिर आयात गरी अस्पतालहरुमा वितरण गर्दै आएको छ । अस्पतालमा भर्ना भएका संक्रमितका लागि भने चिकित्सकको सिफारिसमा आयातकर्ता कम्पनी आयान हेल्थकेयर कुपण्डोलबाट रेम्डिसिभिर बिक्री गर्ने व्यवस्था मिलाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here