रेडक्रसका स्वयंसेवकद्वारा महानगरको फोहर व्यवस्थापनमा हातेमालो गर्दै

३ भदौ, काठमाडौं । मानवीय सेवाका विविध गतिविधिमा जुटिरहने रेडक्रसका स्वयंसेवकले काठमाडौं महानगरपालिकाको फोहर व्यवस्थापनमा पनि हातेमालो गर्न  थालेका छन् । 

यसक्रममा उनीहरूले आज बिहानदेखि कामपाका मुख्य सडक तथा चोकमा छरपष्ट भएका फोहरलाई प्लास्टिकको थैलोमा राख्ने र कामपाकै गाडीमा राखेर पठाउने कामको अभियान सुरुवात गरेका हुन् । 

frontline

सो अभियानमा नेरेसो काठमाडौं जिल्ला शाखामा आवद्ध ५० स्वयंसेवक खटिएका छन् । उनीहरूले दैनिक बिहान दुई घण्टा फोहर व्यवस्थापन गर्ने जनाइएको छ ।

शाखाका नवनिर्वाचित सभापति श्यामकाजी डोटेलले सफाइ कार्यक्रम १० दिनसम्म जारी रहने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here