रूस युक्रेन आक्रमणमा घातक बम प्रयोग गरेको प्रमाण रहेको नेटोको दाबी

२१ फागुन, काठमाडौं । उत्तर एटलान्टिक सन्धि संगठन नेटोका महासचिव जेन्स स्टोल्टनबर्गले रूसले युक्रेन आक्रमणका क्रममा घातक बम प्रयोग गरेको आफूहरूसँग प्रमाण रहेको दाबी गरेका छन् ।

‘रूसले अन्तर्राष्ट्रिय कानुनविपरीत क्लस्टर बम र अन्य घातक हतियार प्रयोग गरेको हामीले विवरण पाएका छौँ,’ महासचिव स्टोल्टनबर्गले भने ।

frontline

उनले पश्चिमा सैन्य गठबन्धनले युक्रेनको आकाशमा उडान प्रतिबन्धित क्षेत्र लागु नगराउनेसमेत घोषणा गरेका छन् ।

त्यस्तै नेटो फौजलाई युक्रेनी सेनालाई सहयोग गर्न तत्काल सो क्षेत्रतर्फ नपठाउने बरू आफ्नै ढंगले सहयोग गर्ने उनको भनाइ छ ।

यसैबीच, नेटोको घोषणाले युक्रेनी राष्ट्रपति जेलेन्स्की क्रुद्ध बनेको प्राप्त विवरणहरूमा जनाइएको छ ।

युक्रेनमाथि रूसी सेनाले हमला गर्दा पश्चिमा देश र नेटोले सहयोग नगरेको राष्ट्रपति जेलेन्स्कीले गुनासो गर्दै आएका छन् ।

युक्रेन हमलाको दशौं दिन रूसी सेनाले युक्रेनका मुख्य सहरमा झनै आक्रमक कारबाही गरेको छ । रूसी सेनाले युक्रेनका महत्त्वपूर्ण पूर्वाधार र विश्वविद्यालय ध्वस्त बनेका छन् ।

रूसी सेनाको आक्रमण प्रतिकार गर्न युक्रेनलाई जर्मनी, अमेरिकालगायतका देशहरूले सैन्य हतियार प्रदान गर्ने घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here