रूसी क्षेप्यास्त्रको निशानामा विमानस्थल ध्वस्त : राष्ट्रपति जेलेन्स्की

२३ फागुन, कीभ । रुसी क्षेप्यास्त्रको निशानाले मध्य युक्रेनको भिनिट्सियामा रहेको एउटा विमानस्थल ध्वस्त भएको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आइतबार बताएका छन् ।

उनले भनेका छन्, “भिनिट्सियामा भएको क्षेप्यास्त्र आठ वटा रकेटले आक्रमण गरिएको र आक्रमणपछि विमानस्थल पूर्ण रूपमा ध्वस्त भएको छ ।”

frontline

रूसले ११ दिने पुरानो आक्रमण सुरु गरेदेखि युक्रेनका थुप्रै शहर तथा हवाई अड्डाहरूमा बम विस्फोट, गोलाबारी वा ब्यालेस्टिक मिसाइलहरू प्रहार गरिएका छन् ।

भिनिट्सिया मध्य युक्रेनको पश्चिमी क्षेत्रमा छ । यो रूस र बेलारूसको सिमानाभन्दा धेरै टाढा छ । यस क्षेत्रमा त्यस्तो हमला कम भएको छ ।

विमानस्थालमा भएको आक्रमणपछि जेलेन्स्कीले रूसी आक्रमण रोक्न पश्चिमी शक्तिहरूले युक्रेनमाथि उडान विरोधी क्षेत्र लागू घोषणा गर्ने आफ्नो मागलाई पुनः दोहो¥याएका छन् ।

उनले भने, “हामी हरेक दिन दोहो¥याइरहेका छौं । युक्रेनी आकाशलाई सहयोगी मुलुकहरूले उडान प्रतिबन्धको घोषणा गरून् ।

आकाशलाई सबै रूसी क्षेप्यास्त्र, रूसी युद्ध विमान र यूक्रेनी पृथकतावादीहरूका लागि बन्द गरियोस् ।”

उनले यूक्रेनी आकाशलाई उडान निषेधित क्षेत्र घोषणा नगर्दा दैनिक दर्जनौ यूक्रेनी नागरिकले ज्यान गुमाउनु परेको बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here